सौतेनी आमाको हत्या गर्ने छोरा पक्राउ
२४ असार, वीरगञ्ज । सौतेनी आमाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका २४ रामगढवा नयाँवस्तीमा २० बर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गरी सौतेनी आमा ४० बर्षीया शोभादेवी यादवको हत्या गरेका हुन् । घरमा पालेकाे भैंसी सौतेनी आमाले बेचेकाे थाहा पाएपछि आक्रोशित बनेका गुड्डुले आमालाई धारिलो हतियार प्रहार गरेका थिए । ज्यान जोगाउन भागेकी शोभादेवीलाई गुड्डुले ४ सय मिटर परसम्म लखेटेर धारिलो हतियार प्रहार गरेर हत्या गरेकाे प्रहरीले जानकारव् दिएकाे छ ।

छाेराले श्रीमतीकाे हत्या गर्दा शोभादेवीका श्रीमान घरमै भएपनि खुट्टा भाँचिएका कारण उनले रोक्न सकेनन् । शोभादेवीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी जनाएकाे छ । प्रहरीले गुड्डुलाई घटनास्थलबाटै पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएकाे छ ।
प्रकाशित मिति : 20:53









