६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सर्पको डसाइबाट किशोरीको मृत्यु

२४ असार, दुल्लु । सर्पको डसाइबाट आज दैलेखमा एक किशोरीको मृत्यु भएको छ । महाबु गाउँपालिका–५ काशिकाँधकी १७ वर्षीया टीकाकुमारी शाहीको मृत्यु भएको हो ।

शाहीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । नारायण नगरपालिका–१ पुरानो बजारमा बस्दै आएकी शाहीलाई गए राति सुतिरहेको अवस्थामा सर्पले डसेको हो ।

प्रकाशित मिति : 20:14