६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

झण्डै ३३ लाखसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ

२४ असार, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलबाट अवैध मुद्रासहित एक जना पक्राउ परेका छन् । हङकङको राहदानीवाहक पासाङ याल्मो तामाङलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले झण्डै ३२ लाख रुपैयाँ बराबरको अवैध मुद्रासहित पक्राउ गरेको हो ।

त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्ष चेक गर्ने बेलामा तामाङको साथबाट २९ हजार ९ सय ५० अमेरिकी डलर(झण्डै ३२ लाख ८४ हजार नेपाली रुपैयाँ) र तीन सय ७० हङकङ डलर अवैध रकमसहित पक्राउ गरिएको हो ।

तामाङलाई अवैध रुपमा बाहिरी देशमा पैसा लैजान लागेको अवस्थामा पक्राउ गरिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले बताएको छ ।

(यसअघि ३३ लाख रूपैयाँ हुनुपर्नेमा अन्यथा भएकाेमा सच्याइएकाे छ ।- सम्पादक)

प्रकाशित मिति : 19:24