राष्ट्रिय परिचयपत्रमा भयंकर गोलमाल, प्रधानमन्त्री पत्नी राधिका शाक्यले परिचयपत्र फिर्ता गरिन
२४ असार, काठमाडौँ । राष्ट्रिय परिचयपत्रमा भयंकर ठूलो गोलमाल देखिएको छ । त्यही गोलामालका कारण मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले परिचयपत्र लिए लगत्तै फिर्ता गरेकी छिन । उनको परिचयपत्रमा गोलमाल भेटिएपछि फिर्ता गरिएको हो । स्रोतका अनुसार राधिकाको जन्ममिति फरक परेको छ । राधिकाले परिचयपत्रमा भएको अाफ्नो विवरण घोरिएर हेरिन तर मिति फरक परे लगत्तै परिचयपत्र फिर्ता गरेकी छिन ।
यता प्रधानमन्त्रीले भने प्राप्त गरेको परिचय पत्र देखाउँदै मुस्कानसहितको तस्बीर समेत खिचाएका छन । राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जिकरण विभागले आज बिहान वालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्रीको परिचयपत्र हस्तान्तरण गर्दै विभागका महानिर्देशक दिपक काफ्लेले पहिलो चरण अन्तर्गत सबैभन्दा पहिला पाँँचथरमा परिचयपत्र वितरण गरिएको जानकारी दिए । काफ्लेले पाँचथरमा ८० हजारलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको पनि बताए । परिचयपत्र लिदै प्रधानमन्त्री ओलीले अभियानको सफलताको शुभकामना व्यक्त गरे । विभागले राष्ट्रिय परिचयपत्र वितरण २ वर्षमा सक्ने जनाएको छ ।

प्रकाशित मिति : 13:53









