मध्यरातमा हिरासतकाे ग्रिल उप्काएर ३ जना थुनुवा फरार
२४ असार, काठमाडौँ । मध्यरातमा ग्रिल उप्काएर हिरासतबाट ३ जना थुनुवा फरार भएका छन् । गएराति महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट दुई जना डाँका मुद्दाका र एक जना लागुऔषधका थुनुवा फरार भएका हुन् । उनीहरुलाई जावलाखेल प्रहरीमा राख्नुपर्नेमा ठाउँ अभावका कारण भैंसेपाटीमा राखिएको थियो । प्रहरीले फरार भएका थुनुवाहरुको नाम भने खुलाइएको छैन ।

फरार भएकाहरुको खोजीका लागि काठमाडौँ उपत्यकाका बिभिन्न स्थानमा व्यापक मात्रामा प्रहरी परिचालन गरी निगरानी बढाइएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : 09:54









