६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

नक्कली सुन देखाई ठगी गर्ने ३ महिलासहित ५ जना बौद्धबाट पक्राउ

असार २३, काठमाडौँ । नक्कली सुन देखाई ठगी गर्ने गिरोह नै प्रहरीको फन्दामा परेका छन् । गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले ३ महिलासहित ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा चितवन घर भई हाल नख्खु बस्दै आएका ३९ वर्षीय टिनु घिमिरे पन्त, काठमाडौंकी ३४ वर्षीया सस्मिता आचार्य, सिन्धुपाल्चोक घर भई बौद्ध बस्दै आएका २२ वर्षीय उमेश सुनार, सुनसरी घर भएका ३४ वर्षीय जीवन धामी चौधरी र गोरखा घर भई गोगंबु बस्दै आएका ६५ वर्षीय जाम्मु लामा रहेका छन् ।

सुनको कारोबार गर्ने व्यक्तिहरुको निगरानी राखी खोजतलास गर्ने क्रममा कामपा–१६ बौद्ध पिपलबोटस्थित एमएस ज्वेलर्समा नक्कली सुन राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले रातोपाटीलाई जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट SUISSE 1 KILO FINEGOLD 999.9 C253774 लेखिएको विस्कुट आकारको नक्कली सुन १ थान बरामद भएकमो एसएसपी थापाले बताए । चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 19:18