सिरिञ्ज आक्रमणको आशंकामा युवक पक्राउ परेपछि बनेपा तनावग्रस्त
२३ असार, काभ्रे । सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई काभ्रेबाट पक्राउ गरेको छ । बनेपास्थित चार दोबाटो भन्ने स्थानबाट सोमबार दिउँसो स्याङ्जाका खगेन्द्र प्रसाद पाठकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।
उनी लोकसेवा आयोगको परीक्षा तयारीका क्रममा काभ्रेमा बस्दै आएका थिए । काभ्रेमा दुई साताअघि एक युवतीले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीले उजुरी दिएकी थिइन् । सिरिन्ज आक्राणमा उनको संलग्नता रहेको भन्दै स्थानीयले दिएको सूचनामा आधारमा उनी पक्राउ परेको बताइएको छ ।
स्थानीयले पाठकलाई राखिएको इलाका प्रहरी कार्यालय बनेपा घेराउ गरेका छन् । पाठकले भने आफूले सिरिञ्ज आक्रमण नगरेको बताएको प्रहरीको भनाइ छ । पीडित महिलालाई भने उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको छ ।पाठक स्याङ्जामा शिक्षण पेशामा आवद्ध भएको भनिए पनि स्थायी ठेगाना भने खुल्न सकेको छैन ।
प्रकाशित मिति : 14:48







