धादिङकी उर्मिलासहित ३ जना मृत भेटिए
२२ असार, काठमाडौँ । धादिङकी उर्मिलासहित ३ जना मृत भेटिएका छन् । काठमाडौँकाे चन्द्रागिरी नगरपालिका-३ थानकोट सुनौलोबस्ती डेरा गरी बस्ने धादिङ धुनीबेसी नगरपालिका-९ घर भएकी २४ वर्षीया उर्मिला तामाङ आफ्नै कोठामा आइतबार बिहान मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै, रामेछापकाे लिखु तामाकोशी गाउँपालिका-१ दुरागाउँ बरडाँडा बस्ने ६५ वर्षीया सुन्तली सार्की सोही ठाउँस्थित भिरबाट खसेर मृत्यु भएको अवस्थामा आइतबार बिहान फेला परेकी छन् भने झापाकाे दमक नगरपालिका-२ हुम्सेदुम्से सामुदायिक वनको जंगलमा इलाम चुलाचुली गाउँपालिका-५ बस्ने ५० वर्षीय अर्जुन राई आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : 18:52









