६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा कलेज सञ्चालक रमेश सिलवाल नियुक्त

२२ असार, काठमाडौँ । सरकारले राष्ट्रिय खेलकुद परिषद्काे सदस्यसचिवमा कलेज सञ्चालक रमेश सिलवाललाई नियुक्त गरेकाे छ । मन्त्रिपरिषदकाे शुक्रबार बसेकाे बैठकले सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेकाे हाे ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माको प्रस्तावमा सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेकाे प्रधानमन्त्री कार्यालय स्राेतले जनाएकाे छ ।

प्रकाशित मिति : 16:38