११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

आर्थिक विकासका लागि स्वार्थ त्यागौँः सभापति देउवा

१ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल र जिम्मेवार निकाय दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।

नयाँ वर्ष २०७५ सालको अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नयाँ वर्षले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली जनताको लामो त्याग र बलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधानबमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको ऐतिहासिक महत्वका निर्वाचन सम्पन्न भई संविधानको सफल कार्यान्वयन भइसकेको र संक्रमणकालीन राजनीतिबाट मुलुकले निकास पाएको उल्लेख गर्दै उहाँले यस ऐतिहासिक उपलब्धिपछि नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको आर्थिक विकास नै हो र यसको प्राप्तिको लागि हामी सबै एकजुट भई मुलुकको सर्वा्ङ्गिण विकासमा अग्रसर हुनुपर्ने बेला आएको बताउनुभएको हो । रासस

प्रकाशित मिति : April 14, 2018 at 7:03 am