लामाे रस्साकस्सीपछि नेकपाकाे राजनितिक प्रतिवेदनमा सहमति, भाेली प्रकाशनमा जाने
२२ असार, काठमाडौँ । लामाे रस्साकस्सीपछि नेपाल कम्युनिस्ट पार्टीको राजनितिक प्रतिवेदनमा सहमति भएकाे छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक वर्षअघि पारित भए पनि प्रकाशन नभएकाे राजनीतिक प्रतिवेदन भोलि प्रकाशनमा जाने बताएका छन् ।अध्यक्ष प्रचण्डले नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठन एकता महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा प्रतिवेदनमा सहमति जुटेको बताएका हुन्।

अध्यक्ष प्रचण्डले पार्टी एकताको एउटा ठूलो काम सकिएकाे समेत बताए । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीतिमा अन्योलता छाएकाे बताउँदै अब त्यो अन्योलको अन्त्त्य गर्ने निर्णय गरेका स्पष्ट पारे ।
प्रकाशित मिति : July 7, 2019 at 4:20 pm








