छहरे–टोखा सडक खण्डमा पहिरोले टिपर पुर्यो, पहिरो पन्छाउने काम जारी (फोटोफिचर)
–हरि भेटवाल
२२ असार, नुवाकोट । छहरे–टोखा सडक खण्डमा पहिरोले टिपर पुरेको छ । पहिरोले सडक पुरिएपछि सवारी अावतजावत बन्द भएको छ । नुवाकोटदेखि काठमाडाैँ र काठमाडाैँदेखि नुवाकोटसम्म जाने सवारीसाधान बीचबाटोमै रोकिएका छन । गएरातिको अविरल वर्षाका कारण शिवपुरी गाउँपालिकाको वडा नम्बर ६ गुर्जे प्रहरी चाैकी नजिकै गएरतिदेखि पहिरो झरेपनि अझै पन्छाउने काम सकिएको छैन् । पहिरोकारण पुरिएको टिपर निकाल्नेकाम भैहरेको छ ।

नुवाकोटबाट काठमाडौँ बालुवा लिएर जाँदै गरेको बा ५ ख १६७० न टिपरलाई माथिबाट आएको पहिरोले पुरेपनि मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । उक्त बाटो भएर काठमाडौ जाने सवारी साधन र यात्रुहरुलाई गुरुङ गाउँमा रोकिएको छ भने काठमाडौबाट नुवाकोट जाने सवारीसाधन र यात्रुहरु गुर्जे भन्जेङ चेक पोष्टमा रोकिएका छन । अाज दिन भरमा पहिरो हटायर बाटो खुलाउने काम भैरहेको प्रहरीले बताएको छ । तस्बीरहरूः हरि भेटवाल

प्रकाशित मिति : 14:14









