२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

इटालीमा जारी लायन्स क्लव इन्टरनेशनलको १०२ औँ महाधिवेशनमा नेपालको भव्य सहभागिता

२२ असार, काठमाडाैँ । इटालीमा जारी लायन्स क्लव इन्टरनेशनलको १०२ औँ महाधिवेशनमा नेपाली टोलीले भव्य सहभागिता जनाएका छन । नेपाली झण्टा नै बोकेर इटाली पुगेका नेपाली टोलीले मिलान शहरमा भैरहेको महाधिवेशन अघि भएको प्रभातफेरीमा नेपाली प्रतिनिधिहरूले देशको राष्ट्रिय झण्डा बोकेरै सहभागिता जनाएका थिए ।

मानवीय सेवामा सकृय लायन्स क्लव अन्तर्राष्ट्रिय रुपमा एक प्रतिष्ठित संस्था हो। विश्व भरिका करिव १५० भन्दा धेरै राष्ट्रको सहभागिता रहेको जारी अधिबेशनमा नेपालबाट ५०० भन्दा धेरै लायन लिडरहरु सहभागी रहेका छन्। महाधिवेशनले वर्ष २०१९/२० का लागि नयाँ नेतृत्व चयन गर्ने, विभिन्न सामाजिक सेवा सम्बन्धि प्रोजेक्टहरु स्वीकृत गर्ने कार्य गर्नेछ ।

यो वर्ष कोरियाका डा. चोई ईन्टरनेशनल प्रेसिडेन्ट हुदै छन् । भाइस प्रेसिडेन्टका लगि हुने चुनावमा क्यानडाका डा। प्याटी हिल र लेवनानका सलिम हुसेन लगायतका उमेदवारहरु प्रतिस्पर्धा गर्दैछन् । कन्भेन्सन जुलाई ९ सम्म चल्ने लायन्स क्लव अफ काठमाडौंका अध्यक्ष अनुजकुमार श्रेष्ठले दैनिकीलाइ जानकारी दिए ।

प्रकाशित मिति : July 7, 2019 at 9:01 am