२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

नेपाल आईडलका सुमित पठक समाचारमा यसरी राेए (भिडियाेसहित)


२१ असार, काठमाडाैँ । नेपाल आईडल सिजन २ बाट चर्चाको सिखरमा पुगेका सुमित पठकले आफ्नो गीत समाचार सार्बजनिक गरेका छन् । सुमितले याे गीत सार्बजनिक गरे पश्चात् उनकाे गीत  ट्रेन्डिङ नेपालको २१ औ स्थानमा  पर्न सफल भएकाे छ । याे सुमितकाे दाेस्राे गीत हाे । यसअघि उनले अमेरिका ब्वाईज फिल्ममा ‘आमा’बोलको गीतमा स्वर भरेका थिए । सार्बजनिक गीतमा पनि उनको एकल आवाज समाबेश गरिएको छ ।

गीतमा शब्द संगीत काली प्रसाद बास्कोटाको रहेको छ भने आकर्षक शैलिमा बनाईएको भिडियोमा गायक सुमित पाठक नै फिचर्ड छन । पाठकलाई भिडियोमा समिक्षा संग्रौलाले अभिनय गर्न साथ दिएकी छिन् ।

हेर्नुहाेस् भिडियाे

प्रकाशित मिति : २१ असार २०७६, शनिबार ११:१९

https://srdb.com.np/