इगल हन्टर म्यानपावरका सञ्चालक छविलाल राई ४ करोड ठगेकाे आरोपमा पक्राउ
२० असार, काठमाडाैँ । सामाखुसीको टाउन प्लानिङस्थित इगल हन्टर ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक छविलाल कुमार राई ४ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ गरेका छन् । सिसेल्स र माल्टामा रोजगारी दिलाइदिने भन्दै ४ करोड बढी ठगी गरेको उजुरी परेपछि राइलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
सिसेल्सको जेल गार्डमा लगाउने भन्दै उनले युवाबाट लाखौँ रुपैयाँ असुलेका थिए । पैसा असुलेर विदेश नपठाएपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि राई फरार भएका थिए।
प्रकाशित मिति : 11:19









