६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सुडान घोटाला काण्डमा दोषी ठहर भएका पूर्व आईजीपी ठकुरी जेल चलान

असार १९, काठमाडाैँ । सुडान घोटाला काण्डमा दोषी ठहर भएर फरार रहेका नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले सर्वोच्च अदातलमा आत्मसमर्पण गरेपछि जेल चलान भएका छन् । ठकुरी आफैँ अदालतमा उपस्थित भएर थुनामा नराखीकनै मुद्दाको पुनरावलोकन गर्ने मागसहितको निवेदन दिएका थिए ।

दुई वर्षअघि नै तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले ठकुरीलाई सुडानको डार्फरमा खटिने नेपाली मिसनको लागि सामग्री खरिदमा घोटाला गरेको ठहर गरेको थियो । चन्दलाई सर्वोच्चले १ बर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना सुनाएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ जेठ २४ गते २८ करोड ८१ लाख रुपैयाँ माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले तीन पूर्वप्रहरी प्रमुखसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सर्वोच्चले विशेष अदालतमा मुद्दा दायर भएको चार वर्षपछि अन्तिम फैसला गरेको थियो । फैसला भएको २ वर्षसम्म ठकुरी फरार रहँदै आएका थिए ।

प्रकाशित मिति : 19:23