स्कुटर दुर्घटनामा एकको मृत्यु
१७ असार, स्याङजा । स्कुटर दुर्घटना हुँदा पुतलीबजार नगरपालिका–१३ का एक युवकको मृत्यु भएको छ । हिजो साँझ भिरकोट नगरपालिका–१ लामाचौरस्थित सिद्धार्थ राजमार्गमा हेलुबाट बयेरघारीतर्फ आउँदै गरेको ग१६प ९१२४ नं स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार पुतलीबजार नगरपालिका–१३ का कोसिन्दर क्षेत्रीको आज उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका स्कुटर चालक राजेश केसी र त्यसमा सवार क्षेत्री घाइते भएपछि दुवै जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएकामा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।अर्का घाइते केसीको उपचार भइरहेको र उहाँँको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । स्कटुर अचानक अनियन्त्रित भई सडकको कुनामा पल्टँदा दुर्घटना भएको थियो । रासस
प्रकाशित मिति : 16:00









