११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

कांग्रेस नेता गगन थापाको भाषणमा विश्वप्रकाश शर्माको बचाउ (के भने शर्माले ?)

२८ चैत, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी नेता तथा पूर्वमन्त्री गगन थापाकोे भाषणको बचाउ गरेका छन । पहिलो पोस्ट अनलाइनमा प्रकाशित गगनको समाचारको ट्वीटमा प्रतिक्रया जनाउँदै शर्माले थापाको भाषणको बचाउ गरेका हुन ।

पहिलो पोस्टमा ‘प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधेः बिना काममा रेल किन ल्याउने ? भन्ने शीर्षकमा समाचार प्रकाशित भएको थियो । थापाको उक्त समाचारमा प्रतिक्रिया जनाउँदै प्रवक्ता शर्माल लेखेका छन ‘गगनले बोलेका सबै अडियो भिडियो कांग्रेस केन्द्रमा सुरक्षित रहेको भन्दै बुझ्ने अडियो वा प्रमाणित भिडियोबाहेक बेतुकको विषयमा समयको व्यर्थनाश कसैले नि नगरेको राम्रो !’

पहिलो पोस्टमा प्रकाशित समाचार 

काठमाडौं: नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्रीको महत्वकांक्षी योजना रेलमार्ग र जलमार्गमाथि प्रश्न गरेका छन्। एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीजले राजधानीको पर्यटन बोर्डमा आयोजना गरेको जलयात्रा वर्तमान र भविष्य विषयक अन्तर्क्रिया कार्यक्रममा थापाले रेलमार्गमाथि प्रश्न गरेका हुन्।

थापाले भारत र चीनबीचमा रेलवे बनाउन आवश्यकै नरहेको दाबी गरे। भने, ‘हामीले रेलवे बनाउने हामीले पानी जहाज ल्याउने हामीले हवाइ अड्डा बनाउने, बनाउने भन्दै गर्दा केका लागि बनाउने? भारत र चीनलाई सामान बेच्छौ भन्छौ। भारत र चीनलाई सामान बेच्न नेपालमा बाटो बनाउनुपर्दैन। यो भ्रममा नहोस।’

आफू रेलमार्गको विरोधी नभएको उल्लेख गर्दै थापाले अगाडि भने, ‘म जन्मेकै साल २०३३ मा वीपीले युनिभर्सिटीका विद्यार्थीलाई जम्मा गरी भन्नुभएको थियो, सडक बन्यो भन्दैमा विकास भयो भन्ने होइन। तपाईको गाउँमा सामान लिएर आएका ट्रक फिर्ता जाँदा भरी गयो भनेमात्र विकास हो। नेपालमा आउने रेललाई हामी भरेर पठाउन सक्छौ कि सक्दैनौ?’

दुई देशबीच अर्बौको व्यापार भइरहेको बेला रेलवे र जलमार्ग काम लाग्ने कुरो नभएकोसमेत बताए। ‘हान्ड्रेड बिलियन युएस डलरको टार्गेट राखेर व्यापार चलिरखेको बेला यो काम छैन,’ थापाले भने।

कार्यक्रममा उनले कृषिबाट रोजगारी सिर्जना गर्न सक्नुपर्ने र पर्यटन विकासमा ध्यान दिनुपर्ने उनको सुझाव थियो। यसका लागि र्‍याफ्टिङको पनि एउटा आधार भएको उनले बताए। त्यसैगरी उनले समृद्धिका लागि सोच नै परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए।

पहिलो पोस्टमै पढ्न यहाँ क्लिक गर्नुस 

–प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे: बिना काममा रेल किन ल्याउने ?

प्रकाशित मिति : April 12, 2018 at 2:24 pm