५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

बिमला तामाङ मृत्यु प्रकरणः समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलसहित ३ जना प्रहरी हिरासतमा

५ असार, काठमाडौं । काठमाडाैँकाे बौद्धस्थित समता अस्पतालमा रामेछापकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । तामाङ उक्त अस्पतालकाे कर्रमचारी थिइन् । उनकाे शंकारस्पद मृत्यु भएको विषयलाई लिएर प्रहरीले अस्पतालका सञ्चालक उत्तम सञ्जेलसहित ३ जनालाई  हिरासतमा राखेकाे छ । समता अस्पतालकाे सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले हिरासतमा लिएको महानयरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

मृतक विमलाको गोजीमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको कागज भेटिएको थियो । प्रहरीका अनुसार कागजमा ‘म्याम’ लेखिएको थियो । त्यही आधारमा प्रहरीले मंगलबार नै सोधपुछको लागि भन्दै उनिहरूलाइ नियन्त्रणमा लिएको परिसरका प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । तामाङको ‘हत्या’ भएको कुनै संकेत नभेटेपछि ज्यान मुद्दामा जाहेरी लिन समस्या भएको प्रहरी बताउँछ ।

प्रकाशित मिति : 15:19