७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

चट्याङ लागेर तीन जनाको मृत्यु, एक जना घाइते


२८ चैत, काठमाडौँ । देशका विभिन्न जिल्लामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । प्रहरीका अनुसार झापा, उदयपुर र भोजपुरमा चट्याङ लागेर तीन जनाको ज्यान गएको हो भने एक जना घाइते भएका छन ।

प्रहरीका अनुसार उदयपुरको उदयपुरगढी गाउँपालिका–८ बस्ने ४८ वर्षीया कृष्णमाया तामाङको चट्याङ लागेर ज्यान गएको छ । उनकै भतिजी १५ वर्षीया सम्झना तामाङ घाइते भएकी छिन् । उनको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ ।

यता भोजपुरको षडानन्द नगरपालिका – २ भोटेछाप बस्ने २० वर्षीया मुना भट्टराइको आफ्नै घरमा चट्याङ लागेर ज्यान गएको छ । यस्तै झापाको कचनकबल गाउँपालिका–१ कुटी बजार बस्ने ५५ वर्षीय महेशलाल यादवको चट्याङ लागेर ज्यान गएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार ०९:४४