१ असार २०८१, शनिबार | Sun Jun 16 2024

फिफा महिला विश्वकप फुटबलः दक्षिण कोरियालाई २–० हराउँदै नाइजेरियाको पहिलो जित दर्ता


३० जेठ, काठमाडाैँ । फिफा महिला विश्वकप फुटबलमा दक्षिण कोरियालाई २–० हराउँदै नाइजेरियाले पहिलो जित निकालेको छ । समूह एको खेलमा नाइजेरियाले दक्षिण कोरियामाथि २–० को जित निकाल्न हात पार्न सफल भएको हो । नाइजेरियाले पहिलो खेलमा नर्वेसँग पराजित भएको थियो ।

नाइजेरियाले दक्षिण कोरियामाथि २–० को जित निकाल्दै समूहमा तीन अंक जोडेको छ । नाइजेरियाको जितमा दक्षिण कोरियाले एक गोल उपहार दिएको थियो । कोरियाकी डो योन किमले बल क्लियर गर्न नसक्दा आफ्नै पोस्टमा प्रहार गरेकी थिइन् । आत्मघाति गोल मार्फत अग्रता लिएको नाइजेरियाले ७५ औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरेको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहीबार ०९:२६