१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

प्रहरीमा “ठूलालाई ढोक्ने र सानालाई ठोक्ने” प्रवृति कहिलेसम्म ?

२७ चैत, काठमाडाैँ । नेपाल प्रहरीका डिअाइजी गणेश केसीले तीस वर्षे प्रहरी सेवाको अन्त्य भएकाे भन्दै फेसबुकमा “ठूलालाई ढोक्ने र सानालाई ठोक्ने” प्रवृतिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन । केसीले भोलि बुधबारदेखि  अनिवार्य अवाकाश पाउँदै छन । उनले मंगलबार फेसबुकमा स्टाटसलेखी “ठूलालाई ढोक्ने र सानालाई ठोक्ने”  प्रवृतिको बिरूद्धमा अाफू बिगत देखिनै उभिएको उल्लेख गरेका छन ।

हेर्नुहोस केसीको स्टाटस

भोलीदेखि नियमितरुपमा ‘नेपाल प्रहरी सेवा’बाट निवृत हुदै छु।
“ठूलालाई ढोक्ने र सानालाई ठोक्ने” प्रवृति बिपरित अग्रजलाई आदर र जुनियरलाई स्नेह गर्ने व्यबहार शैलीकासाथ मेरो तीस बर्षे राष्ट्रसेवकको जीवन व्यतित हुदैछ।राष्ट्र र राष्ट्रवासीप्रतिको कर्तव्यमा मन बचन र कर्मले किञ्चित च्यूत भयको छैन भन्ने दावी सगर्व पेश गर्ने धृष्टता गर्दछु।
मलाई कर्तव्य र दायित्व निर्वाह गर्न हौशला दिने अग्रज र साथ सहयोग दिने सहकर्मी सकल दर्जाका बहालवाला र निवृत भैसक्नु भयका पूर्व प्रहरीहरुप्रति आभार व्यक्त गर्दछु।
विगत तीस वर्षको”प्रहरी जीवन”ले भोगेको अस्थिरता दु:ख,कष्ठ,विपती र निर्ममता आगामी कालखण्डले भोग्नु नपरोस भन्ने कामना गर्दछु।
सबै तहको जिम्मेवारी निर्वाह गर्दा सुझाव,सल्लाह र स्वस्थ आलोचना गरी गुन लगाउनु हुने सेवाग्राही,नागरिक समाज,राजनीतिककर्मी,बुद्दीजिवी तथा पत्रकार मित्रहरुप्रति मुरीमुरी धन्यबाद ब्यक्त गर्दछु।

अन्तमा,चुनौतीपूर्ण एवं निर्मम कालखण्डमा समेत पारिवारिक दायित्व निर्वाह गरी मलाई कार्यछेत्रमा निर्धक्क काम गर्न हौशला दिनुहुने माता ज्यू,धर्मपत्नी,भाईहरु तथा आफ्नो पढाई लेखाईमा ध्यान दिई मलाई निश्चिन्त राख्ने प्यारा छोरी छोराहरू प्रति समेत आभार हुदै देश र देशवासीको सोजो चिताउने प्रण गर्दछु।
जय नेपाल!

प्रकाशित मिति : April 10, 2018 at 6:14 pm