‘फूलको आँखामा फूलै संसार’ काे गायिका आनी छोइङ डोल्माको सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु
२८ जेठ, काठमाडाैँ । ‘फूलको आँखामा फूलै संसार’ काे गायिका आनी छोइङ डोल्माको सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु भएकाे छ । नेपालमा आनीकाे खातामा पटक–पटक स्रोत नखुलेको रकम भित्रिएपछि गायिका आनीको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरण आशंकामा अनुसन्धान सुरु भएको हाे । प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ ।

‘फूलको आँखामा फूलै संसार’ गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (हालको विनियम दरअनुसार १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ) नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन् ।
प्रकाशित मिति : 09:40









