४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

चट्याङ लागेर ७ महिला घाइते

२७ जेठ, डाेटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ चैकोटमा आइतबार साँझ करीब ५ः३० बजे चट्याङ लागेर सात जना महिला घाइते भएका छन् । गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले दिनुभएको जानकारीअनुसार खेतमा रोपाइँ गरिरहेको समयमा अचानक चट्याङ पर्दा सोही स्थानका देवी बोहरा, पदमा धानुक, भगु दमाई, कल्पना दमाई, दुर्गा दमाई, जमुना दमाई र मिट्ठु दमाई घाइते हुनुभएको हो । घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : 19:24