४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

सरकारी छाप र दस्तखत किर्ते गरी जग्गा बेच्ने भुवनेश्वर थापा पक्राउ

२७ जेठ, काठमाडाैँ । सरकारी छाप र दस्तखत किर्ते गरी जग्गा बेच्ने भुवनेश्वर थापालाई सिआइविकाे टाेलीले ललितपुरकाे बालकुमारीबाट  पक्राउ गरेकाे छ ।  पक्राउ परेका ५४ वर्षीय थापा मुद्दामा फरार रहेका अभियुक्त रहेकाे टाेलीले जनाएकाे छ । विष्णुमाया कार्कीले अदालतमा दिएकाे जाहेरी अनुसार थापा सरकारी छाप र दस्तखत किर्ते गरेका व्यक्ति हुन् । उनलाई सर्वोच्च अदालतले ३ वर्ष ६ महिना कैद र ६ लाख ६० हजार ५० रुपैया जरिवाना सजाय फैसला गरेकाे थियाे । भक्तपुर जिल्ला सुर्यविनायक  नगरपालिका वडा नं ८ बस्ने थापा पक्राउ परेकाे सिआइवीले जनाएकाे छ ।

थापाले  भक्तपुर जिल्लाकाे सिपाडाेल गा बि स वडा नं ४ काे जग्गाकाे नापीकाे नक्शामा प्रिन्ट सच्याएर माेटरबाटाेसँग जाेडिएकाे किर्ते नक्कली प्रिन्ट तयार गरी, अर्कै ठाँऊको वास्तविक जग्गा भन्दा राम्रो जग्गा विष्णुमाया कार्कीलाई देखाई, गा.बि.स. कार्यालयको नक्कली सिफारिस-पत्र बनाई कार्किलाई झुक्याई  ३३ लाख मा बिक्रि गरी रकम ठगी गरेका थिए । भक्तपुर जिल्ला अदालतमा पेश गरीएका थापालाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाएकाे छ ।

प्रकाशित मिति : 17:49