४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

जंगलमा बसेर ३ लाख १२ हजार लुट्ने ४ जना लुटेरा पक्राउ

 २४ जेठ, प्यूठान । जंगलमा बसेर पैसा लुट्ने ४ जना लुटेरालाई बिहिवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वर्गद्धारी नगरपालिका २ का स्थानिय जीवन हमाल, निरज बिक, कुसल सेन र निर्दोष सेन ठकुरी रहेकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएकाे छ ।

पक्राउ परेका लुटेराहरूले बुधवार साँझ स्वर्गद्धारी नगरपालिका खाल गाउँबाट लघुवित्त समुहको बचत रकम लिएर भिंग्री तर्फ जाँदै गरेकी सुर्योदय लघुबित्त संस्थाकी कर्मचारी सुशिला केसीलाई लुटेका थिए ।

४ जना लुटेराको समुहले ब्ल्यांकेट ओढाएर केसीबाट ३ लाख १२ हजार ५ सय ६० रुपैया लुटेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

रकम लुटेर भागेका लुटेराहरुलाई विहिबार दिउँसो प्रहरीले पक्राउ गरेकाे हाे । लुटेराहरूकाे साथबाट लुटेको रकम समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 08:13