७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

नेपाल प्रहरी र सशस्त्र प्रहरीले नयाँ नेतृत्व पाउँदै, बढुवा सिफारिस समितिको बैठक बस्दै


२७ चैत, काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले नयाँ नेतृत्व आजै पाउने भएको छ । महानिरीक्षक नियुक्तिका लागि गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । अहिले बिहान बढुवा सिफारीस समितिको बैठक बस्दै छ ।

स्रोतका अनुसार बढुवाका आकांक्षीहरुको कार्यसम्पादन मूल्याङकन लगायतका व्यक्तिगत विवरण सोमबार नै मन्त्रालयले झिकाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ऐन तथा नियमावलीमा आईजिपी बढुवाका लागि कुनै पनि प्रकारको समिति रहने प्रावधान छैन । सरकारले सक्षम देखेको व्यक्तिलाई बढुवा गर्न सक्ने प्रावधान छ ।

तर, पनि गत वर्ष जस्तो आईजिपी बढुवामा विवाद नहोस् भनेर सरकारले सिफारीस समितिका आधारमा आईजिपी बढुवा गर्ने तयारी गरेको छ । नेपाल प्रहरीका आईजिपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आईजिपी सिंहबहादुर श्रेष्ठले बुधबारदेखि ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदैछन् ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार ०९:१७