७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

कालीगण्डकीमा डुबेर दुई बालक बेपत्ता


२७ चैत, पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–१, हँुगीमा दुई बालक कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसोदेखि बेपत्ता भएका छन् ।

 

बेपत्ता हुनेमा हँुगीका पाँच वर्षीय सरोज राना र सोही स्थानका चार वर्षीय अविरल पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।

संगै गएका अर्का बालकले साथीहरु नदीमा पौडी खेल्ने क्रममा हराएको जानकारी दिइएपछि मात्र बेपत्ता भएको घटना बाहिर आएको हो ।
प्रहरीले आज बिहानदेखि नदी आसपासको क्षेत्रमा खोजी कार्य भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार ०९:१२