४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

विद्युत् चुहावट गर्ने १६ जना पक्राउ

२३ जेठ, लाहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले हुकिङ गरी विद्युत् चुहावट गर्ने १६ जनालाई आज पक्राउ गरेको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानको विद्युत् चुहावट नियन्त्रण टोलीले उनीहरुलाई लहान नगरपालिका, भगवानपुर गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाको विभिन्न वडाबाट पक्राउ गरेको हो ।

अनुगमनका क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिनुभयो । टोलीले सो क्रममा नौ थान विद्युत् मिटर, पङ्खा र टेलिभिजनलगायत सामग्री बरामद गरेको छ । पक्राउ परेकाहरु माथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरिने यादवले बताउनुभयो ।

प्रकाशित मिति : 20:10