४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नेपाल आइडल रवि ओडको ‘दिलको फ्रेममा’ सार्वजनिक (भिडियाेसहित)


२२ जेठ, काठमाडौँ । दोस्रो नेपाल आइडल रवि ओडको स्वरमा रहेको नयाँ गीत ‘दिलको फ्रेममा’ म्यूजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा ओडलाई गायिका पुष्पा पौडेलले स्वरमा साथ दिएकी छन् ।

दीपक शर्मा रहेको गीतको भिडियो सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा पुष्पल खड्का र आँचल शर्मा देखिएका छन् । भिडियोमा युवापुस्ताको माया प्रेम र रोमान्टिक अवस्थालाई गज्जबसँग देखाउन खोजिएको छ ।

गीतको भिडियोमा गायक ओड पनि अभिनय देखिएका छन् । भिडियो सार्वजनिक गरिएको २४ घण्टा नबित्दै करिब साडे २ लाख बढी दर्शकको माया पाउन सफल भएको छ ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार १६:३५