७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

जेलबाट छुटेका सलमान खान सोनाक्षीसहित जेठ १२ मा नेपाल आउने


२६ चैत, काठमाडौं । जेल परेर छुटेका भारतीय अभिनेता सलमान खान आगामी जेठ १२ गते नेपाल आउने भएका छन । यसअघि उनको भ्रमण स्थगित भएको थियो ।

हरिण शिकार अभियोगमा जेल परेका सलमान खान धरौटीमा रिहा भएलगत्तै नेपाल आउने भएका हुन । खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु नेपाल आउन लागेका छन ।

नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ १२ गते सलमानको दबङ टूर नामक सो आयोजनाका लागि निश्चित गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार १०:५९