७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

वर्षाले करोडौको काँचो इँट्टा नष्ट


२६ चैत, भैरहवा । लुम्बिनी इँट्टा व्यवसायी संघ भैरहवाका अनुसार चैते वर्षाका कारण रुपन्देहीका इँट्टा उद्योगले करोडौंको काँचो इँट्टा नष्ट भएको छ । चैते वर्षाका कारण उद्योगमा तयार पारिएका दुई करोडभन्दा बढी काँचो इँट्टा नष्ट भएकाले उद्योगले ठूलो नोक्सानी बेहोरेको छ ।

चार दिनअघि आएको बर्सातले रुपन्देहीका ५२ वटा इँट्टा उद्योगका दुई करोड ६० लाख गोटाभन्दा बढी पोल्न तयार काँचो इँट्टा गलेर नष्ट भएको हो । झरीका कारणले गलेर इँट्टा नष्ट हुँदा अहिले रु १० करोडभन्दा बढीको व्यवसायीले नोक्सानी बेहोरेका इँट्टा व्यवसायी संघ लुम्बिनीका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

अहिलेको झरीले एउटा भट्टामा कम्तीमा दुई लाखदेखि १० लाखसम्म काँचो इँट्टा गलेर नोक्सान भएको लुम्बिनी इँट्टा व्यवसायी संघका लेखा समिति संयोजक गोविन्द ज्ञवालीले बताए ।

मंसिरदेखि वैशाखसम्म इँट्टा उत्पादन हुने समय भएको र त्यसपछिको ६ महिनासम्म वर्षा मौसममा यो उद्योग बन्द रहने गर्दछ । बेमौसमी वर्षाका कारण काँचो इँट्टा गलेर नष्ट भए पनि बजारमा इँट्टाको अभाव हुन नदिन आफूहरु लागिपरेको संघका सचिव अजयकुमार गुप्ताले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार १०:२५