३५ हजार घूस लिने नायब सुब्बा राजकुमार धिमालसहित समुन्द्र मण्डल पक्राउ
१३ जेठ, भद्रपुर । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र भद्रपुरका प्रमुख समुन्द्र मण्डल र नायब सुब्बा राजकुमार धिमाललाई रु ३५ हजार घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीको टोलीले आज रङ्गेहात पक्राउ गरेको छ । स्थानीयवासीले दिएको गोप्य सूचनाका आधारमा प्रमुखको कार्यकक्षमै घूस लिँदै गरेको अवस्थामा बिहान ११ बजे अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा राखिने र मङ्गलबार थप अनुसन्धानका लागि काठमाडौँस्थित केन्द्रीय कार्यालयमा पठाइने कार्यालयका प्रवक्ता ज्ञानेन्द्र ढकालले बताउनुभयो । विद्युत् जडान सम्बन्धित तालीम कार्यक्रमका लागि आएको रु एक लाख बजेटमध्ये बाट रु ३५ हजार घूस लिँदै गरेको अवस्थामा उनीहरुलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई भ्रष्टाचारसम्बन्धी मुद्दा चलाइने उहाँले बताउनुभयो । रासस
प्रकाशित मिति : 18:31









