७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

२५ चैत, काठमाडाैँ । संचारकर्मी , सामाजिक अभियन्ता एवम् लेखक सरिता अर्याल द्वारा सृजित कथा संग्रह `पुरूष´ काे बिमाेचन गरिएकाे वक्ता एवं सांसद पम्फा भुषाल,राष्ट्रिय सुचना अायाेगका अायुक्त यशाेधा तिम्सिना,गुञ्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक ,अग्रज कवि कुन्ता शर्मा र सर्जक लगायत सात जना महिला बाट पुरूषकाे बिमाेचन गरिएकाे थियाे ।

पुस्तक बिमाेचनमा पुरूषमाथी टिप्पणी गर्दै अायुक्त तिम्सिनाले कथामा लेखिकाले अाफ्नै वरिपरि अाफैले देखेका पात्रका कथालाई सिलशिलावद्व रूपमा पस्केकाे उल्लेख गर्दै समाजमा भईरहेकाे घटना लाई यथार्थ रूपमा उतार्न सष्टा सफल भएकाे बताइन् । अर्का समिक्षक महेश पाैडेलले कथामा महिला पुरूष बिचमा हुने प्रेम,बिछाेड, पुरूषद्वारा प्रताडित महिलाकाे कथा समेटिएकाे बताए ।

पुस्तकवारे मन्तव्य दिदै कथाकार अर्यालले याैन मनाेविश्लेषणात्मक एवम् यथार्थपरक घटनालाई पुरूषमा प्रस्तुत गरिएकाे बताईन् । पुरूषकाे बिराेधका लागि पुस्तककाे नाम पुरूष नराखिएकाे प्रष्टाउँदै उनले सबै कथाका केन्द्र विन्दुमा पुरूष भएकाेले याे कथाकाे नाम पुरूष राखिएकाे अर्थाइन् ।
महिला पत्रकारहरूकाे संस्था संचारिका समुहकी सल्लाहकार सरिता अर्यालले `पुरूष ´ बेचेर अाएकाे पैसाले अक्षयकोष खडागरि साहित्यमा कलम चलाउने पत्रकारका लागि प्रतिभा पुरस्कार पनि घाेषणा गरेकी छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार १७:४८