७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

प्रम ओलीलाई उत्तराखण्ड राज्यका गभर्नरद्धारा मानार्थ विद्यावारिधिको उपाधि प्रदान


२५ चैत, भारत । भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित उत्तराखण्ड राज्यका गभर्नरद्धारा मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेका छन् ।

गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आज विश्वविद्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीलाई उत्तराखण्ड राज्यका गभर्नर एवं विश्वविद्यालयका चान्सलर कृष्णकान्त पलले ‘डाक्टर अफ साइन्स’ को उपाधि प्रदान गरेका हुन् ।


सो अवसरमा प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरणमार्फत भारतलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान गरेको विश्वविद्यालयसँग नेपालले सहकार्य गरेर अगाडि बढ्ने बताए । नेपालका ७० प्रतिशत जनता कृषिमा आश्रित भएको बताउँदैै यस विश्वविद्यालयका वैज्ञानिकसँग सहकार्य गरेर नेपालको परम्परागत कृषि प्रणालीलाई आधुनिकरण गर्न, मिलेर काम गर्न चाहना व्याक्त गरे ।

उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री त्रिभेन्द्रसिंह रावतले नेपाल र भारतको उत्तर प्रदेशसँग जोडिएकाले पनि जनस्तरको सम्बन्धलाई प्रगाढ भएको बताउँदै विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई प्रदान गरेको उपाधिले उच्चस्तरको सम्बन्धलाई थप नजिक बनाएको बताए । प्रधानमन्त्री नेपाल आफ्नो भारत भ्रमण सकेर आजै साँझ नेपाल फर्कंदै छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार १६:२९