७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

नेपाल प्रहरीका भावी अाइजीका प्रमुख दाबेदार सर्वेन्द्र खनालका सफलताहरू


–दुर्गा पुडासैनी

२५ चैत, काठमाडाैँ । नेपाल प्रहरीको भावी अाइजीको दाैडमा रहेका नायव प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अहिले ट्राफिक प्रहरी महाशाखाकाे नेतृत्वमा रहेका छन । अहिलेसम्म  पाएका जिम्मेवारीमा सफल रहँदै अाएका खनाल अन्य प्रहरी अधिकृतकाे तुलनामा स्वच्छ छवीका मानिन्छन । नेपाल प्रहरीको डिअाइजीकाे एक नम्बरमा रहेका खनाल प्रहरी संगठनका लागि अति अावश्यक भएको कुरा स्वयं उच्च पदस्थ प्रहरी पदाधिकारीले बताउने गरेका छन । फुटबलमा म्याच्च फिक्सिङ गरेर नेपालीको शिर झुकाउने खेलाडीका विरूद्धमा सफल अप्रेसन चलाएका खनालले काठमाडाैँमा गुण्डा नियन्त्रणका लागि समेत महत्वपूर्ण काम गरे । खनाल प्रहरी सेवामा रहेका अहिलेका डिअाइजी मध्ये विवादरहित एकमात्र पात्र हुन ।

खनालले दिलाएका सफलताहरू यस प्रकार रहेका छन

१. कुमार श्रेष्ठ “घैटे” को इन्काउन्टर – राजधानीमा गुण्डा  नाइकेहरुको राज उत्कर्षमा पुगेको वेला ३ भदौ २०७२ मा गुण्डा नाइके कुमार घैंटेको इन्काउन्टरमा मृत्यु भयो । सामाखुसी कपुरधारामा भएको त्यस घटनालाई उछाल्न केही नेताहरु लागेपनि सामाजिक सञ्जाल र मिडिया मार्फत इन्काउन्टर अनुमोदन भएपछि काठमाण्डौं महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख सर्वेन्द्र खनाल अझ लोकप्रिय भए ।

२. फूटबलमा भइरहेको म्याच फिक्सिङको पर्दाफास – अन्तर्राष्ट्रमा खेल खेलिरहने तर सधैं हारि रहने नेपाली फूटबल रोगको सल्यक्रियापनि सर्वेन्द्रले गरे । सन् २००८ देखि सधैं हारिमात्र रहने रोग म्याच फिक्सिङ हो भन्ने प्रमाण पेश गर्दै उनले फुटबलका तत्कालीन कप्तान सागर थापा सहित ५ जना खेलाडी तथा खेलब्यवस्थापकलाई २०७२ असोज २७ मा पक्राउ गरे । प्रहरीले लिएको भिडियो बयानमा उनीहरुले म्याच फिक्सिङ गरेको कबुल समेत गरे ।

३. रावणजीत माथि गोली प्रहार काठमाडौं महानगरिय अपराध अनुसंधान महाशाखाका प्रमुख भएकावेला उनले २०७२ असार १८ मा रावणजीत तामाङलाई सुन्धारामा गोली हाने । लागुऔषध ओसार–पसार र अपहरण काण्डमा सिन्धुपलानचौक जिल्ला अदालतले १० बर्ष कैद तोकेका रावणजीत फरार अभियुक्त थिए । सुन्धारामा रहेको तत्कालीन बेबिलोन डिस्कोमा १०–११ जना हुल्याहा साथीहरुसँग बसेर रमाइलो गरिरहेकावेला रावणजीतलाई प्रहरीले घेरा हालेको थियो । प्रहरीको घेरा तोड्न रणजीत तर्फवाट हतियार चलाएपछि प्रहरीले गोली हानेर उनलाई पक्राउ गरेको थियो ।

४. पेट्रोलपम्पहरुमा छापा र ठगी गर्ने मेसिनको पर्दाफास – काठमाडौं महानगरिय अपराध अनुसंधान महाशाखाका प्रमुख भएकावेला नै हो उनले १६ पेट्रोलपम्पमा एकै पटक छापा मारेको । देशले भारतीय नाकाबन्दीको मार खेपिरहेकावेला पेट्रोलपम्पहरुले चिप्स् जोडेर रिमोट मार्फत १०० मा ३ देखि ४ लिटर ठग्ने गरेको अनुसन्धानवाट खुलेपछि सर्वेन्द्रकै नेतृत्वमा छापा हानिएको थियो । यो छापा काण्ड त्यसवेला चर्चाको शिखरमा पुगेको थियो ।

५. कन्सलटेन्सीमा छापा – शैक्षिक परामर्श दिने नाममा साइनबोर्ड राखेर मानव तस्करी गर्ने आरोप लागेका ४ दर्जन कन्सलटेन्सीमा एकै पटक छापा मारियो, सर्वेन्द्रकै नेतृत्वमा । ती मध्ये धेरैजसो अबैध निश्किए । १ सय ३० कन्सलटेन्सी मात्र दर्ता थिए । तर छापा मार्न थालेपछि हतार–हतार १ हजारभन्दा बढी कन्सलटेन्सीले बैधानिक बाटो समाते र कम्पनी दर्ता गराए । २ सयभन्दा बढी कन्सलटेन्सी सधैंकालागी बन्द भए ।

६. हुण्डिमा छापा यसवेला पनि उनी काठमाडौं महानगरिय अपराध अनुसंधान महाशाखाका प्रमुख नै थिए । २०७२ असोजको यो घटनाले पनि चर्चाको शिखर छायो । राज्यलाई कर तिर्ने डरले अबैध पैसाको चलखेल गर्नेहरुको जालो बनेको हुण्डीमा उनकै नेतृत्वमा रेड हानियो । ट्याक्स एभोएय गर्ने, राज्यलाई ठग्नेहरुका विरुद्धमा गरेको यो कदम प्रसंसनीय मानियो ।

७. तराईका सशस्त्र भूमिगत समूहको सफाया – उनले जनकपुर र नारायणीमा रहँदा गरेको मूख्य काम नै भूमिगत समूहको सफाया अभियान थियो । १ सय ९ वटा शसस्त्र भूमिगत समूहले तराईलाई नराम्रोसँग दुख दिइरहेका थिए । उनको सक्रियता र अभियानले त्यसलाई ४ वटामा झारिदिएको थियो । यसकालागी उनी आफैं फिल्डमा खटिएका थिए ।

८. तराईका सशस्त्र गिरोहका तीन नाइकेलाई जेल – दोस्रो संविधानसभा हुन नदिने भन्दै पर्चा–पम्प्लेट टासेर सक्रिय रहेकावेला गोहित समूहका अमिताभ गोहित र राजनमुक्तिका प्रमुखलाई पक्राउगरी जेलको हावा खुवाउन उनी सफल रहे ।

९. सीमाको डन जैसवाललाई खत्तम गरे – नारायणी अञ्चलमा रहँदा उनले बीरगञ्जमा अपराध मच्चाइरहेको सुनिल जैसवाल “अग्नी” भन्ने गुण्डानाइकेलाई खत्तम गरे । जैसवातल खाने बस्ने उता (भारत) र अपराध गर्न यता (नेपाल) आउथ्यो । त्यसलाई उसलाई गोली हान्न सक्नुलाई समेत ठूलो आँट मानियो ।

१०. धनुषाको उत्तेजना वातावरण सामसुम पारे – एकजना असईले एकजोडी केटा–केटीलाई छुट्याएर केटीलाई बलात्कार गरेको आरोपमा जनकपुरको माहोल नियन्त्रण वाहिर गएको थियो । सिडिओ र डिएसपी जिल्ला छोडेर भागिसकेका थिए । पत्रकार माथि आक्रमण भएको थियो । स्थानीय राजनीतिक पार्टीहरु भीडलाई उत्तेजित पार्नमा मस्त थिए । यस्तो अवस्थालाई काबुमा ल्याउन सर्वेन्द्रले गर्न सक्ने कुरा उठ्यो र तत्कालीन गृहमन्त्रीले काठमाडौंमा रहेका उनलाई तत्काल धनुषा पठाए । उनी धनुषा ओर्लिदा पेट्रोल बमले स्वागत गरियो । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको मृत्यु भएका दिन धनुषा पुगेका उनी २४ घण्टाभित्र घटना सामसुम पारेर काठमाडौं फर्के । यस घटनाले उनको उचाईलाई राजनीतिकबृत्तमा समेत स्थापित गर्यो ।

ट्राफिक प्रहरी प्रमुखका रूपमा गरेका सफल काम 

१. उपत्यका भीत्र संचालनहुने भाडाकारहरुले कम्प्युटर बिलिंग प्रणाली (प्रिन्टर) मिटर जडान नगरी सर्वसाधारण यात्रुहरुलाई अनिमियतित तवरले भाडा लिने गेरको सम्बन्धमा मिति २०७४ श्रावण २८ गते ११५ वटा भाडाका कार नियन्त्रणमा लिई नाप तौल बिभागको समन्वयमा मिटर जडान गर्ने कार्य कार्यन्वयन गराए ।

२. हरके शनिवार र सार्वजनिक बिदाको दिन बिहान ०७ ०० बजे सम्बद्ध सडक सरोकार निकायहरुको संयुक्त आयोजनामा महानगरीय ट्राफिक महाशाखा प्रमुख लागायतको टोलीले उपत्यकाको बिभिन्न स्थानहरुमा चक्रपथ सुधार तथा ट्राफिक व्यवस्थापन कार्य अन्तर्गत कार्यतालिका तयार गरी सडक अनुगमन तथा सुधार कार्य अघि बढाए

३. मिति २०७४।०९।०२ गते ०८ः०० बजे देखी काठमाण्डौ उपत्यकाभर उपत्यकाका बिभिन्न १० स्थानहरुमा महानगरीय ट्राफीक महाशाखा प्रमुखज्यूको अध्यक्षतामा प्यापसन, एनप्यापसन, अभिबावक संघका पदाधिकारीज्युहरु लगायत सम्बन्द्ध सरोकारवाला निकाय तथा बिभिन्न स्कुलका बिद्यार्थिहरु र ट्राफिक प्रहरीको संयुक्त उपस्थितिमा लाम बसेर सवारी चड्ने अभियान सुभारम्भ गरियो ।

४. मिति २०७४।०९।११ गते विश्व सम्पदा सुचीमा रहेको पशुपति मन्दिर परिसरको निश्चित एरियालाई सवारी साधन निषेध एरिया  तथा एकतर्फी  रुपमा लागु गर्ने कार्य सम्पन्न गराए जस्ले दर्शनार्थीलाई सहज र सम्पदाको संरक्षणमा टेवा पुग्यो ।

५. मिति २०७४र१०र०२ गते देखि काठमाण्डौ उपत्यकाका वडा नम्बर १७, १८, १९, २४, २५ र २७ मा पर्ने असन, इन्द्रचोक, मख्खन, त्यौड, ठैंटी, भेडासिंह, नरदेवी, किलागल लगायतका सडकहरु उक्त क्षेत्रका पैदलयात्रीलाई सशज गराउन स्थानिय हरुको समन्वयमा चारपाङ्ग्रे सवारी सधन चल्न निषेध गराए

६. मिति २०७४र१२र०२ गते शुक्रवार बाट भाडाका माईक्रो बसका सवारी चालक तथा सह(चालक लाई  पोसाक म्चभकक(ऋयमभ (ऋयमभ या अयलमगअत)बितरण कार्य सम्पन्न गरियो जसमा सुन्तला रंगको ज्याकेट (चालक) तथा हरियो  रंगको ज्याकेट (सह( चालक र परिचालक)  हरुलाई  हस्तान्तरण गरियो ।

७. त्यस्तै क्विक एक्शन टिमको परिचालन लगायत विभिन्न अभियानको सुरुवात गराए ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार १६:१४