७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

एमाले नेता नेपाल चार दिनका लागि चीन प्रस्थान


२५ चैत, काठमाण्डौं । नेकपा (एमाले) का नेता माधवकुमार नेपाल चार दिनकालागी चीन प्रस्थान गरेका छन् ।  एमाले विदेश विभागका प्रमुख एवं पूर्वप्रधानमन्त्री नेपालले चिनमा ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोजी’ विषयमा बोल्नेछन् । कार्यक्रममा नेपाल, भारत, चीन, कम्बोडिया, श्रीलंका, पाकिस्तान र टर्कीका नेताको पनि सहभागिता रहनेछ ।

चीनमा सांघाई कोअपरेशन अर्गनाइजेसन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना हुने ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिने उद्देस्यले नेपाल चीन गएका हुन् ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव विष्णु रिजालका अनुसार नेता नेपालका साथमा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र सदस्य शिव भण्डारी पनि रहेकाछन् ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार १५:१५