१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

बुधबार ७ अंकले बढ्याे शेयर बजार

८ जेठ, काठमाडाेँ । धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापक नेप्से परिसूचक ७.४९ बिन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४९ बिन्दुले बढेर एक हजार ३१९.६३ अंकमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३५ बिन्दुले बढेर २८१.२७ अंकमा पुगेको छ । नेप्सेका अनुसार आज कूल १७१ कम्पनीको ३४ लाख ३६ हजार ९३७ कित्ता शेयर रु ९६ करोड ६६ लाख ९३ हजार २४९ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर घटेका छन । उत्पादन ८४.५३ र सामूहिक लगानी कोष ०.२ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ २.५९, होटल ५२.२३, विकास बैंक ६.०३, जलविद्युत् ६८.६३, वित्त ४.०३, निर्जीवन बीमा १०.९४, अन्य ८.१३, लघुवित्त ७.२१, जीवन बीमा ४३.५९ बिन्दुले बढेको छ । स्टकका अनुसार आज नेपाल बैंक लिमिटेडको रु छ करोड ९६ लाख २८ हजार ३७५, प्राइम बैंक रु छ करोड ३७ लाख ३७ हजार २४, शिवम सिमेन्ट रु ६ करोड २१ लाख आठ हजार ८६१, सानिमा माइ हाइड्रो पावर रु पाँच करोड ५९ लाख ९४ हजार ९५२, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु पाँच करोड पाँच लाख २१ हजार ५८४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार अरुण भ्याली हाइड्रोपावर १० प्रतिशत, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ९.७१, अरुण काबेली पावर ९.६०, हिमालयन पावर पार्टनर ९.५७, रैराङ हाइड्रोपावर ९.५७, अपि पावर कम्पनी ९.५५, मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ९.५५ प्रतिशतले कमाए । यस्तै घलेम्दी हाइड्रो पावर ९.४८, हिमालयन डिष्टिलरी ६.७०, शिवम् सिमेन्ट ५.९८, सेन्ट्रल फाइनान्स कम्पनी ४.८७, रिलायन्स फाइनान्स ४.०८, एनएमबी हाइब्रिड फण्ड एकका लगानीकर्ताले ३.५७ प्रतिशतले कमाए ।

प्रकाशित मिति : May 22, 2019 at 7:38 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/