३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

बिडिसिए कप क्रिकेट प्रतियोगिता चैत २५ देखी बैसाख ३ गते सम्म हुने


२४ चैत, बैतडी । बैतडीमा बिडिसिए कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता चैत २५ देखी बैसाख ३ गते सम्म सञ्चालन हुने भएको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता बुड्डाबाजे क्रिकेट मैदान रातामाटा र निङ्लाशैनी क्रिकेट मैदान देहिमाडौँमा सञ्चालन हुने जनाएको छ । १६ टोली सहभागी रहेको प्रतियोगिता चार समूहमा विभाजन गरिएको बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिए ।

निङ्गलाशैनी खेलमैदान देहिमाडौँमा आइतबार हुने पहिलो खेलमा निङ्गलाशैनी क्रिकेट क्लब र ग्वाल्लेक क्रिकेट क्लब भिड्दा बुड्डाबाजे खेलमैदान रातामाटामा पञ्चकोटी क्रिकेट क्लब र त्रिलोचन क्रिकेट क्लब आमनेसामने हुने भएका छन् ।

प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई क्रमशः रु ३० हजार र २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरीने छ । यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई रु पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गर्ने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार १३:५१