३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

आमाबुबा नपाल्ने र समाजमा विकृति फैलाउनेलाई नगरपालिकाबाट सेवासुविधा नदिइने


२४ चैत, बाजुरा । बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले आफ्ना आमाबुबा नपाल्ने र बुढेसकाल हुँदा बेवास्ता गर्ने, छाउपडी, लैङ्गिक हिंसा र मदिरा सेवन गरी समाज बिर्गाने क्रियाकलाप गर्ने नागरिकलाई नगरपालिकाको जन्मदर्ता, सिफारिसलगायत सुविधाबाट नगरपालिकाबाट दिइने सेवा सुविधा रोक्ने बताएका छन् ।

नगर उपप्रमुख कविता विष्टले महिलालाई समान रुपले व्यवहार गर्दै सभ्य समाज निर्माण गर्न आग्रह गरीन् ।

नगर प्रमुख बडुवालले जातीय विभेद्, महिला माथिहुने लैङ्गिक हिसां न्यूनीकरण गर्नका लागि पुरोहित र धामीझाँक्रीको महत्वपूर्ण भूमिका रहेको छ भनाइ व्याक्त गरे ।

महिलासँग उपप्रमुख कार्यक्रमले नगरपालिकाभित्र रहेका महिलालाई उद्यमशील बनाउने, महिला सशक्तिकरण र सवलीकरणका कार्यक्रमलाई प्राथमिकता प्रदान गर्ने, महिला हिंसा र लैङ्गिक असमानतालाई निरुत्साहित गर्ने, पहुँच स्थापना, समता÷समानता÷समविकास, सहकार्यत्मक वातावरण निर्माण गर्ने कार्यक्रमको उद्देश्य रहेको नगर उपप्रमुख विष्टले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार १३:३५