३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

नेपाली फकाउने मोदी शैलीः नेपाली भाषामा ट्वीट गर्दै ओलीको स्वागत


२४ चैत, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको नेपाली फकाउने शैली अचम्मको छ । उनले नेपाल भ्रमणमा आएका वेलामा भाषणका क्रममा नेपालीमै केही शब्द बोलेर र पानी र जवानीको कुरा गरेर नेपालीलाई मख्ख बनाउने कोशिश गरेका थिए ।

अहिले उनैको निमन्त्रणमा भारत गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटरमा नेपाली भाषामै ट्वीट गर्दै स्वाग गरेका छन । उनले ट्वीटरमा लेखेका छन, ‘छिमेकी मित्र राष्ट्र नेपाल को प्रधानमंत्री माननीय ओली ज्यू लाई भारत मा हार्दिक स्वागत छ ।’ भ्रमणका क्रममा ओलीले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन ।

प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार १०:१४