३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

प्रदेश ३ का मन्त्री केशव स्थापितको घरमा दिउँसै चोरी


२४ चैत, काठमाडौं । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोरी भएको छ । काठमाडौंको महांकालस्थित स्थापितको घरमा शुक्रबार दिउँसै चोरी भएको हो । घरमा चोरी भएपछि मन्त्री पत्नीले बौद्ध प्रहरीमा उजुरी गरेकी छन् ।

उनले पाँच तोला सुन चोरी भएको भन्दै उजुरी दिएकी हुन । पछाडितिरको ढोका फोरेर चोर भित्र पसेको जानकारी चौकीमा गराएकी छिन । कहिलेकाहीमात्र मान्छे बस्ने गरेको उक्त घरमा हिजो दिउँसो मान्छे नभएको समयमा चोर पसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार ०९:५२