३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

पूर्वपश्चिम राजमार्गमा बसले ठक्कर दिँदा दुईको मृत्यु


२४ चैत, सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहास्थित सडकमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ख ६०२ नंको बसको टायर पञ्चर भई अनियन्त्रित भएर स.७प ७१५० नंको मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका–८ निवासी ४० वर्षीय शम्भु स्वर्णकार र सोही ठाउँका ३५ वर्षीय सन्दीप स्वर्णकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक स्वर्णकारको उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको र सन्दीपको उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार ०६:१२