३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

नेपाली समुदायले भारतमा भोग्नु परेको समस्या समाधानका लागि पहल गर्छुः प्रधानमन्त्री


२४ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समुदायले भारतमा भोग्नु परेको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

दिल्लीस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पञ्चायतकालदेखि नै नेपाली समुदायको समस्याबारे आफू जानकार भएकाले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

आफू सद्भाव वृद्धि गर्न भारतको राजकीय भ्रमणमा आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अरू उच्च अधिकारी सँगको भेटमा पनि नेपालीको समस्या समाधानका लागि छलफल गर्ने बताउनुभयो ।

नेपालमा राजनीतिक स्थिरता कायम भएको र आर्थिक समृद्धिको युग शुरु भएकाले स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्दै जाने सोचमा सरकार रहेको उल्लेख गर्दै उहाँले युवा शक्तिलाई स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्न वर्तमान सरकार प्रयत्नशील रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओली तीनदिने भारतको राजकीय भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार ०६:०७