२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

शेयर बजारमा सुधार, नेप्से परिसूचक ६.३० बिन्दुले बढ्यो

३० वैशख, काठमाडाैँ । शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक ६.३० बिन्दुले बढेर एक हजार ३०१.३४ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गने{ सेन्सेटिभ परिसूचक १.२१ बिन्दुले बढेर २७८.२४ कायम भएको छ ।

कूल १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता शेयर रु ७८ करोड ६४ लाख १२ हजार ८०८ खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ । बैंकिङ ०.८२, होटल २०.६४, विकास बैंक ११.९४, जलविद्युत् ३५.४६, उत्पादन ५९.८१, अन्य १४.७३ र सामूहिक लगानी कोष ०.१ अङ्कले बढेको छ । यस्तै व्यापार ५.४९, वित्त ०.४३, निजी{वन बीमा २५.६५, लघुवित्त १.४६ र जीवन बीमा १३.०६ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीष{ स्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता रु ४९७ मूल्यमा रु ११ करोड ४६ लाख एक हजार ६४५ बराबरको कारोवार भयो । यस्तै प्राइम बैंकको प्रतिकित्ता रु ३७२ मा रु छ करोड २४ लाख ३० हजार ८७०, प्रिमियर इन्स्योरेन्स कम्पनीको रु तीन करोड ७८ लाख ४४ हजार ४५, नेपाल बैंक लिमिटेड रु तीन करोड ७५ लाख ८१७, सिभिल बैंक रु दुई करोड ९२ लाख ७९ हजार ४९७ मूल्यमा कारोवार भई शीष{ स्थानमा रहे ।

लगातार उकालो लाग्दै आएको शिवम् सिमेन्टको शेयर आज पनि रु ४५ ले वृद्धि भई प्रतिकित्ता रु ४९७ मा पुगेको छ । सो कम्पनीको शेयरधनीले ९.९६ प्रतिशत कमाए । यस्तै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ९.५९, किसान माइक्रोफाइनान्स वित्तीय संस्था ७.७९, कपो{रेट डेभलपमेन्ट बैंक ७.६९, कन्काइ लघुवित्त वित्तीय संस्था ७.३२, भागव{ विकास बैंकका शेयरधनीले ६.९८ प्रतिशतले कमाए ।

त्यस्तै हिमालयन डिस्टिलरीका शेयरधनीले ६.०७ प्रतिशतले गुमाए । युनाइटेड मोदी हाइड्रोपावर ५.६९, जोशी हाइड्रोपावर ४.७६, विशाल बजार कम्पनी ३.८८, सगरमाथा इन्स्योरेन्स ३.६०, प्रिमियर इन्स्योरेन्सका शेयरधनीले ३.१२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : May 13, 2019 at 5:00 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/