पत्रकारिता आवाजविहीनको आवाज हुनुपर्छः पूर्वअध्यक्ष रेग्मी
२९ वैशाख, काठमाडाैँ । न्यूज लाइन्स मिडिया प्रालिको तेस्राे वर्ष प्रवेशका अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालको पत्रकारिता आवाजविहीनको आवाज हुनुपर्ने बताएका छन् ।
भ्रमण वर्ष २०२० को तयारीमा ‘अनलाइन मिडियाको’ भूमिका विषयक अन्तक्र्रियामा रेग्मीले पत्रकारले देश र जनताको सेवा गर्ने भावना लिएर पत्रकारिता गर्नुपर्ने बताए । रेग्मीले देशमा राजनीतिक परिवर्तन भए पनि आर्थिक समृद्धि गर्ने परिवर्तन हुन नसकेको बताएका छन् ।
प्रदेश नं ३ का प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले देश विकासमा मिडियाको भूमिका ठूलो हुने बताउँदै जनताको आर्थिक तथा सामाजिक सुधार तथा जनताको जीवनस्तर उकास्ने विषयमा समाचार केन्द्रित हुनुपर्ने बताएका छन् । पर्यटन व्यवसायी शिव अधिकारीले पर्यटन व्यवसाय आर्थिक समृद्धिसँग जोडिएको बताएका छन् ।

नेपाल पर्यटन बोर्डका सदस्य दीपक महत, राजपाका वरिष्ठ उपाध्यक्ष राजकुमार थापा, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराईलगायतका वक्ताले पर्यटन क्षेत्रको विकास तथा पत्रकारिताको योगदानमाथि चर्चा गरेका छन् । कार्यक्रममा समाज सेवा, पर्यटन तथा पत्रकारिता क्षेत्रमा विशेष योगदान दिने १५ जनालाई सम्मान गरिएसँगै मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।

प्रकाशित मिति : 19:05







