२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

भोलि सार्वजनिक विदा (विज्ञप्तिसहित)

२९ वैशाख, धनुाषा। प्रदेश नम्बर २ को सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ । जानकी नवमीको अवसर पारेर प्रदेश २ मा सोमबार सार्वजनिक विदा दिने निर्णय भएको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन । महामहोत्सवको रुपमा मनाउन लागिएको जानकी नवमीलाई थप उल्लासमय बनाउन  सार्वजनिक बिदा दिइएको मुख्यमन्त्रीको  कार्यालयले जनाएको छ ।

जानकी नवमी महोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरुले सहभागिता जनाउनेछन् । यसैबीच जानकी नवमीको अवसरमा शुभकामना दिँदै प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले यस खाले चाडपर्वको गरिमाको संरक्षण, स्म्बद्र्धन र प्रचार प्रसारमा प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने भन्दै शुभकामना दिएका छन ।

प्रकाशित मिति : 15:21