२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

नुवाकोटको मेघाङमा चट्याङ लागेर निङ तामाङको मृत्यु, लैनो भैँसी र चार बाख्रा पनि मरे

२९ वैशाख, नुवाकोट । नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका¬ ४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा पनि मरेका छन । चट्याङले घरमा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति : 10:52