२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

आजदेखि पर्सीसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने, सचेत रहाैँ

२८ वैशाख, काठमाडौं । आजदेखि पर्सीसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा हुनेछ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखामा कार्यरत मौसमविद विभूति पोखरेललका अनुसार भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अब मौसम बदली हुनेछ ।

प्रकाशित मिति : 09:11