नुवाकोटको छहरेमा मान्छेलाई ठक्कर दिएर टिपर भाग्यो, दुई जनाको अवस्था गम्भीर
२७ वैशाख, काठमाडाैँ । नुवाकोटको छहरेमा टिपरले मान्छेलाई ठक्कर दिएर भागेको छ । नुवाकोट जिल्लाको लिखु गाउँपालिकाको छहरे बजारमा टिपरको ठक्करबाट सिन्धुपाल्चोक घर भएका शरण बिक र नुवाकोटकै कविलासका कुमार तामाङ घाइते भएका छन । दुबै घाइतेको अवस्था गम्भीर रहेको छ । स्थानीय पत्रकार हरि भेटवालका अनुसार घाइतेलाइ उपचारका लागि काठमाडाैँ पठाइएको छ । टिपर पक्राउ गर्न नुवाकोटका सबै प्रहरी युनिटमा सूचना सम्प्रेषण भएको छ ।


प्रकाशित मिति : 20:43









